जनकपुरधाम, ४ मंसिर । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले मतदान गरेका छन् ।

महतोले आफ्नो गृह जिल्ला सर्लाहीको चन्द्रनगर गाउँपालिको वडा नं. २ मा स्थित श्री दुर्गा खोभारी जनता उच्च माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा मतदान गरेका हुन् ।२०७४ को निर्वाचनमा धनुषा-३ बाट निर्वाचित भएका महतो यसपालि सर्लाही-२ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन् ।