रघुवीर र जुलिले गरे मतदान

जनकपुरधाम, ४ मंसिर । नेकपा एमालेका नेता रघुवीर महासेठले मतदान गरेका छन् । त्यस्तै, एमाले नेतृ तथा उनकी पत्नी जुली महतोले पनि मतदान गरेकी हुन् ।
यी दुवैले धनुषा-४ को जनकपुरधाम उपमहानगरपालिका-९ स्थित सुहृदय पुस्तकालयमा रहेको मतदान केन्द्र पुगेर मतदान गरेका हुन् ।
जुली धनुषा-३ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार हुन् । उनको मतदाता नामावलीमा भने नाम धनुषा-४ मा छ । त्यस्तै, रघुवीर भने धनुषा-४ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


