पर्सा, ३ मंसिर । पर्सामा मौन अवधिमा पनि चुनाव प्रचारप्रसार गरेको भन्दै प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जगरनाथपुर गाउँपालिका–४ का ४५ वर्षीय सहवीर अहमद र सिन्धुलीको दूधौली–९ बस्ने २१ वर्षीय सवारी चालक सुरज साह रहेका छन् ।

पर्साको निर्वाचन क्षेत्र नम्बर–४ स्थित कालिकामाई गाउँपालिका–१ मुड्लीमा गस्ती गरिरहेको नेपाली सेनाको टोलीले शनिबार दिउँसो बा १४ च ४७४८ नम्बरको गाडी चेकजाँच गर्दा गाडीबाट नक्कली मतपत्र ५९८ थान र ४ थान स्वस्तिक छाप बरामद भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबैजनालाई इलाका प्रहरी कार्यालय पोखरियामा राखिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।