सहरी विकासमन्त्रीलाई २५ र स्वास्थ्यमन्त्रीलाई ५ हजार जरिवाना

काठमाडौं, ३ मंसिर । निर्वाचन आयोगले सहरी विकासमन्त्री मेटमणि चौधरीलाई २५ हजार रूपैयाँ जरिवाना गरेको छ ।
आचारसंहिता उल्लंघन गर्दै मतदाता प्रभावित गरेको कसुरमा उनलाई आयोगले जरिवाना गरेको हो । उनले बाढीपीडितलाई चामल बाँडेर मतदाता प्रभावित बनाउन खोजेको आयोगको आरोप छ ।
चौधरीले आफ्नो क्षेत्रमा बाढी पीडितलाई राहत वितरण गर्ने भन्दै मतदाता प्रभावित पारेको आयोगको भनाइ छ ।
यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङलाई पनि आयोगले ५ हजार हजार रूपैयाँ जरिवाना र विभागीय कारबाहीको सिफारिस गरेको छ । उनले निर्वाचन आचारसंहिता लागू भएपछि कर्मचारी सरुवा गरेको आयोगको भनाइ छ ।
उनीहरूलाई निर्वाचन आयोग ऐनअनुसार जरिवाना गरिएको निर्वाचन आयोगको भनाइ छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


