काठमाडौंमा ५ हजार ७७९ सुरक्षाकर्मी परिचालन

काठमाडौं, २ मंसिर । काठमाडौंमा निर्वाचनका लागि ५ हजार ७७९ सुरक्षाकर्मी परिचालन गरिएको छ ।
आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन स्वच्छ, भयरहित र शान्तपूर्णरुपमा सम्पन्न गर्न ५ हजार ७७९ सुरक्षाकर्मी परिचालन गरिएको हो ।
प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि बिहीबार राति १२ बजेपछि प्रचारप्रसार निषेधको अवधि सुरू भइसकेको छ । निर्वाचन शान्तपूर्णरुपमा सम्पन्न गर्न संवेदनशील मतदानस्थलमा केन्द्रीय सुरक्षा नीतिअनुसार प्रहरी परिचालन गरिएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा प्रहरी उपरीक्षक दिनेशराज मैनालीले निर्वाचनलाई शान्तपूर्णरुपमा सम्पन्न गर्न काठमाडौंका ३२० मतदानस्थल र ७५७ मतदान केन्द्रमा २ हजार ५०० नेपाल प्रहरी र ३ हजार २७९ म्यादी प्रहरी परिचालन गरिएको बताए ।
काठमाडौंको क्षेत्र नं १ मा नेपाल प्रहरी १११, म्यादी प्रहरी २१८, क्षेत्र नं २ मा नेपाल प्रहरी २१७, म्यादी प्रहरी ४०१, क्षेत्र नं ३ मा नेपाल प्रहरी १६४, म्यादी प्रहरी २९०, क्षेत्र नं ४ मा नेपाल प्रहरी १८१, म्यादी प्रहरी ३३९, क्षेत्र नं ५ मा नेपाल प्रहरी १७८ र म्यादी प्रहरी ३२९ जना परिचालन गरिएको छ ।
यस्तै क्षेत्र नं ६ मा नेपाल प्रहरी १६९, म्यादी प्रहरी ३१७, क्षेत्र नं ७ मा नेपाल प्रहरी १५९, म्यादी प्रहरी २९३, क्षेत्र नं ८ मा नेपाल प्रहरी १३८, म्यादी प्रहरी २४४, क्षेत्र नं ९ मा नेपाल प्रहरी १९२, म्यादी प्रहरी ३५३ र क्षेत्र नं १० मा नेपाल प्रहरी २२६ र म्यादी प्रहरी ४२० जना परिचालन गरिएको प्रवक्ता मैनालीले जानकारी दिए ।
यसका साथै नेपाल प्रहरीले काठमाडौंमा निर्वाचनलाई मध्यनजर गर्दै मोबाइल गस्ती, सादा पोसाकमा प्रहरी परिचालन, आचारसंहिता उल्लङ्घन अनुगमन, नाकामा सुरक्षा जाँच गर्दै आएको छ । निर्वाचनको मिति नजिकिएसँगै नेपाल प्रहरीले रात्रिकालीन सुरक्षा जाँचलाई समेत कडाइ गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


