पर्सा, २ मंसिर । वीरगञ्जको इनर्वास्थित भन्सारको मुख्य सडकमा शुक्रबार सशस्त्र प्रहरीले बेरिकेट लगाई वाहन तथा व्यक्तिको आवतजावतमा रोक लगाएको छ ।

निर्वाचनका बेला सीमापारिबाट हुन सक्ने सम्भावित अपराधिक गतिविधिलाई रोक्न भारतसँग जोडिएका जिल्लाको सबै नाकालाई बन्द गरिएको हो ।

नाका बिहीबार राति १२ बजेदेखि ७२ घण्टाका लागि बन्द गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।