निर्वाचन आयोगले देशका विभिन्न ठाउँमा घुम्ती टोली परिचालन गर्ने

काठमाडौं, १ मंसिर । निर्वाचन आयोगले देशका विभिन्न ठाउँमा घुम्ती टोली परिचालन गर्ने भएको छ ।
आयोगको अधिकारसमेत प्रयोग गर्ने गरी सहसचिव वा उपसचिवको नेतृत्वमा सरकारी कर्मचारी र प्रहरी लगायत रहने घुम्ती टोली परिचालन गर्न लागिएको निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले बताए ।
उनका अनुसार टोलीले स्थानीय प्रशासन ऐन अनुसार प्रमुख जिल्ला अधिकारीको अधिकार र आयोगको आचारसंहिता पालनाको अधिकार समेत प्रयोग गर्नेछ ।
मौन अवधिमा गैरकानूनी र आचारसंहिता विपरीत काम गरेमा तत्काल कारकाही गर्न पाउने गरी पठाउन लागिएको टोली काठमाडौं, ललितपुर महानगरपालिका लगायत सुगम र तुलनात्मक रुपमा शान्तिसुरक्षा भएको ठाउँमा जाने छैन ।
दुर्गम, मतदान केन्द्र नै कब्जा हुने स्थिति भएको अनि जोखिमपूर्ण ठाउँहरुलाई समेट्ने गरी टोली खटाउने तयारी भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


