काठमाडौं, १ मंसिर । निर्वाचन आयोगले प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनको मतगणना पाँच दिनभित्र सक्ने दाबी गरेको छ ।बिहीबार पत्रकार सम्मेलन गरेर आयोगले यस्तो दाबी गरेको हो ।

पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले पाँच दिनभित्र मतगणना सकेर मंसिर २२ गतेभित्र राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने बताए ।

उनले भने, ‘४ मंसिरमा हुने चुनावको मतगणना पाँच दिनभित्रै सक्छौँ । मंसिर २२ गते सबै काम सकेर राष्ट्रपतिलाई प्रतिवेदन बुझाउन जान्छौँ ।’

प्रमुख आयुक्त थपलियाले मतदानका दिन बिदा दिन निजी क्षेत्रलाई आह्वान पनि गरे । यसअघि सरकारले मंसिर ४ र ५ गते दुई दिन चुनावी बिदा घोषणा गरिसकेको छ ।