झापाको कचनकवलको घेराबारीमा हात्ती मृत फेला

झापा, १ मंसिर । झापाको कचनकवलको घेराबारीमा हात्ती मृत फेला परेको छ । चारकोशे जलथल जंगलदेखि दुई किलोमिटर दक्षिण कचनकवल गाउँपालिका–१ स्थित घेराबारीका गंगा दाहालको धान खेतमा वयस्क भाले हात्ती मृतावस्थामा फेला परेको हो ।
मृत फेला परेको हात्तीको दाह्रा नरहेको कचनकवल–१ का वडाअध्यक्ष महावीर लिम्बू रञ्जितले जानकारी दिए । उनका अनुसार हात्तीको शरीरमा चोटपटक नदेखिए पनि दाह्रा छैन ।
डिभिजन वन कार्यालयको टोली आएर परीक्षण गरेर त्यहीँ खाल्डो खनेर पुरिएको हो । जलथल जंगलमा एक दर्जनभन्दा बढी हात्ती छन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


