जालिम मियाविरुद्ध निर्वाचन आयोगमा उजुरी

पर्सा, ३० कार्तिक । आसन्न निर्वाचनमा पर्सा–४ बाट नेकपा एमालेका उम्मेदवार जालिम मियाविरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ ।
मियाले साम्प्रदायिक द्वेष फैलाउने अभिव्यक्ति दिएको भन्दै सोही क्षेत्रका कांग्रेस उम्मेदवार रमेश रिजालले उनीविरुद्ध उजुरी दिएका हुन् ।
हालै सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा जालिमले भोजपुरी भाषामा पहाडी समुदायलाई गाली गरेको रिजालले उजुरीमा उल्लेख गरेका छन् ।
उनले निर्वाचन आचारसंहिताविपरित पहाडी समुदायलाई लक्षित गरेर गाली गलौज गरेकोले कानुन बमोजिम कारबाही गर्न माग गरेका हुन् ।
पहाडी समुदायलाई गाली गरेको भिडियो क्लिप सहित आयोगमा उजुरी गरिएको कांग्रेसका नेता राकेश यादवले जानकारी दिए ।
मियाको अभिव्यक्तिको भिडियो र लिखित निवेदन निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन अधिकृतको कार्यालयमा पठाइएको उनले बताए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


