काठमाडौं, ३० कार्तिक । आसन्न निर्वाचनमा चितवन–२ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकता सम्बन्धी विवाद समाधान भइसकेको बताएका छन् ।

उजुरीकर्ताले उनको उम्मेदवारी खारेज गर्न माग गर्दै उजुरी गरेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

‘एउटा नेपालीले पहिले प्रेस काउन्सिलमा, त्यसपछि २०७६ सालमा चितवन प्रहरीमा, त्यसपछि चितवन जिल्ला सरकारी वकीलको अभियोग पत्रमा, अनि चितवन जिल्ला अदालतको आदेस र फैसलामा, अनि उच्च अदालत हेटौडाको आदेसमा, अनि चितवन जिल्ला सरकारी वकील कार्यालय देखि महान्यायधिवक्ताको कार्यालयसम्म नागरीकताको बिषय समेतमा विवेचना भई सेटल भईसके पछि फेरी कति पटक स्पस्टीकरण दिनु पर्ने हो ?,’ उनले फेसबुकमा लेखेका छन् ।

रद्ध भइसकेको पुरानो नागरिकताका आधारमा उम्मेदवारी दिएको भन्दै लामिछानेविरुद्ध उजुरी परेको छ । उनले त्यसबारे एक भिडियो सन्देशसमेत छाडेका छन् ।