जनकपुरधाम, ३० कार्तिक । मंसिर १ गतेदेखि ४ गतेसम्म कुर्था–जनकपुरधाम–जयनगर रेल सेवा बन्द हुने भएको छ ।

नेपाल रेल्वे कम्पनी लिमिटेडले बुधबार एक सूचना जारी गर्दै आसन्न प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै बिहीबारदेखि आइतबारसम्म रेल सेवा बन्द गर्न लागेको जनाएको हो ।

मंसिर ५ गतेदेखि भने रेल नियमित सञ्चालन हुने नेपाल रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरन्जन कुमार झाले बताए ।

जनकपुरधामको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा ब्रोडगेज रेल सेवा सञ्चालनमा रहेको छ ।