विभिन्न पार्टी परित्याग गरी दर्जनौंले गरे जनमत प्रवेश

जनकपुरधाम, २९ कार्तिक । विभिन्न पार्टी परित्याग गरेर दर्जनौँ नेता तथा कार्यकर्ताहरु जनमत पार्टीमा प्रवेश गरेका छन् ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ३(क)को धनौजी गाउँपालिकास्थित कटैयामा मंगलबार जनमत पार्टीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा दर्जनौँ नेता कार्यकर्ताहरु जनमतमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै जनमत पार्टीको धनुषा ३(क)का प्रदेशसभा सदस्य पदका उम्मेदवार डा. प्रसन्न कुमार झाले जनमत पार्टी नेतृत्व तहमा पुगे भ्रष्टाचारलाई जरैदेखि उखालेर फाल्ने प्रतिवद्धता व्यक्त गरेका छन् । गरिब निमूखाका लागि आवाज उठाउँदै आईरहेको जनमत पार्टी नेतृत्व तहमा पुगे भ्रष्टाचारलाई जरैदेखि निर्मूल पार्ने उनले स्पष्ट पारे ।
उनले विकास र समृद्धि नै आफ्नो मूल एजेण्डा रहेको बताए । विकास शिक्षा बिना सम्भव नरहेकाले पहिला यस क्षेत्रको विकासका लागि शिक्षामा काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
उनले भने, ‘जनमतले शिक्षामा लगानी वृद्धि, शैक्षिक प्रणालीको सुदृढीकरण र प्राविधिक शिक्षामा जोड दिनेछ ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


