यसै निर्वाचनबाट एमाले र जसपाको पत्ता साफ हुन्छ : परमेश्वर साह

जनकपुरधाम, २९ कार्तिक । आसन्न निर्वाचनमा सत्ता गठबन्धनको तर्फबाट धनुषा क्षेत्र नम्बर ३(ख)को प्रदेशसभा सदस्य पदका उम्मेदवार परमेश्वर साहले यस निर्वाचनबाटै एमाले र जसपाको पत्ता साफ हुने दावी गरेका छन् ।
मुलुकमा व्याप्त समस्या समाधानका लागि सत्ता गठबन्धनका उम्मेदवारहरुलाई जिताउन आग्रह गर्दै उनले निर्वाचनपछि एमाले र जसपाको अस्तित्व नै समाप्त हुने दावी गरेका हुन् ।
मंसिर ४ को निर्वाचन पछि सत्ता गठबन्धनकै नेतृत्वमा प्रदेश र संघ दूबैमा सरकार बने मुलुकमा व्याप्त समस्या सोही सरकारले समाधान गर्ने परमेश्वरले दावी गरे ।
उनले भने, ‘एमालेको निर्देशनमा राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर रोकेर राखेकी छन् , मंसिर ४ पछि सत्ता गठबन्धनको नेतृत्वमा गठबन्धनकै सरकार बन्छ, राष्ट्रपति पनि फेरिन्छ, अनि त्यो सरकारले पहिलो काम नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण गराउँछ ।
साहले देशभरि पाँचदलीय गठबन्धनको लहर चलेकोले कुनै दुविधामा नपरि गठबन्धनकै पक्षमा मतदान गर्न मतदातासँग आग्रह गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


