बिहिबारदेखि जिल्ला प्रशासन कार्यालय धनुषाको सेवामा कटौती

जनकपुरधाम, २९ कार्तिक । यही मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय धनुषाले आफ्नो सेवा कटौती गर्ने निर्णय गरेको छ ।
बिहीबारदेखि कार्यालयका अधिकांश कर्मचारी निर्वाचनमा खटिसकेकाले मंसिर १ देखि ५ गतेसम्म शान्ति सुरक्षा बाहेक अन्य सेवाहरु बन्द रहने सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


