काठमाडौं, २९ कार्तिक । वैदेशिक रोजगार विभागमा कार्यरत नायव सुब्बा प्रमोद पाण्डे पक्राउ परेका छन् ।

वैदेशिक रोजगार कसुरमा मिलापत्र पश्चात रोक्का भएको बैंक खाता सुचारु गर्नका लागि सेवाग्राहीसँग घूस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले उनलाई ३० हजार रुपैयाँ घूससहित पक्राउ गरेको हो ।

उनको साथबाट खानतलासी गर्दा स्रोत नखुलेको थप ३२ हजार ५५ रुपैयाँ पनि फेला परेको अख्तियारले जनाएको छ ।

कार्यकक्षबाट पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।