पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा गण्डकीका मन्त्री खड्का बर्खास्त

पोखरा, २९ कार्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र पोखरेलले भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्थामन्त्री कुमार खड्कालाई बर्खास्त गरेका छन् ।
पार्टीका उम्मेदवारलाई असहयोग गरेको आरोपमा उनी मंगलबार बर्खास्त भएका हुन् ।
यसअघि समानुपातिकबाट कांग्रेस प्रदेश सांसद भएका खड्का उम्मेदवार बन्न नपाएपछि निष्क्रिय थिए । खड्का २०७८ साउन ८ मा मन्त्रीमा नियुक्त भएका थिए ।
यसअघि सत्ता गठबन्धनकै उम्मेदवारलाई असहयोग गरेको आरोपमा ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री हरिशरण आचार्य पनि बर्खास्त भएका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


