मंसिर ४ र ५ गते सार्वजनिक बिदा

काठमाडौं, २९ कार्तिक । सरकारले आसन्न निर्वाचनका लागि सरकारी कार्यालय तथा सार्वजनिक निकायमा दुई दिन बिदा दिने भएको छ ।
गृह मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै आगामी ४ र ५ मंसिरमा सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले प्रकाशित गरेको सूचनामा मतदानस्थल रहेका शिक्षण संस्था वा विद्यालयमा भने मंसिर २ देखि ५ गतेसम्म बिदा दिइएको छ ।
निर्वाचन आयोगले यसअघि नै निर्वाचनमा बढीभन्दा बढी सहभागिता रहोस् भनेर सार्वजनिक बिदा दिन सरकारलाई आग्रह गरेको थियो ।यसैबीच त्रिभुवन विश्वविद्यालयले पनि आगामी मंसिर १ देखि ५ गतेसम्म विश्वविद्यालयका सबै क्याम्पस र कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विश्वविद्यालयका अधिकांश क्याम्पसमा मतदान केन्द्र राखिएको छ ।
कतिपय क्याम्पसमा मतगणना केन्द्रसमेत राखिएको हुँदा विश्वविद्यालयका दैनिक काम कारबाहीमा असर पुग्ने देखिएकाले बिदा दिने निर्णय गरिएको विश्वविद्यालय सूचना तथा जनसम्पर्क महाशाखा प्रमुख योगेन्द्रप्रसाद दाहालले जानकारी दिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


