क्षेत्रलाई शिक्षा र स्वास्थ्यको हवको रुपमा विकास गर्छु : डाक्टर झा

जनकपुरधाम, २८ कार्तिक । जनमत पार्टीबाट धनुषा ३(क)को प्रदेशसभा सदस्य पदका उम्मेदवार डा. प्रसन्न कुमार झाले आफू निर्वाचित हुँदा क्षेत्रलाई शिक्षा र स्वास्थ्यको हवको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
सोमबार धनुषाको नगराइन नगरपालिकामा जनमत पार्टीले निकालेको युथ मार्चपश्चात आयोजित सभालाई सम्बोधन गर्दै डा. झाले आफू निर्वाचित भए यस क्षेत्रलाई शिक्षा र स्वास्थ्यमा नमूना क्षेत्रको रुपमा विकास गर्ने वचनवद्धता व्यक्त गरेका हुन् ।
हरेक आधारभूत आवश्यकताको सवालमा देशमै सबैभन्दा पिछडिएको प्रदेश मधेश नै रहेकाले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पहिले विकास गर्नु आवश्यक रहेको उनको भनाइ थियो । आफू चिकित्सक पेशामा आवद्ध रहेकाले स्वास्थ्यको विकासमा योजनावद्ध ढंगले काम गर्ने बताए ।
उनले शिक्षा बिना कुनै क्षेत्रको विकास सम्भव रहेकाले शिक्षित क्षेत्रको रुपमा समेत विकास गर्नका लागि काम गर्नु आवश्यक रहेको बताए । सभालाई सम्बोधन गर्दै उनले सही नेतृत्व चुन्ने जिम्मा अब यहाँका मतदाताहरुको हातमा रहेको बताए । उनले सुझबुझ देखाएर मतदान गर्न मतदाताहरुलाई आग्रह गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


