जनमत पार्टीले नेतृत्व सम्हाल्न आवश्यक : किशोरी साह कमल

जनकपुरधाम, २८ कार्तिक । आसन्न निर्वाचनका लागि धनुषा–१ मा जनमत पार्टीबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार किशोरी साह कमलले क्षेत्रको विकासका लागि जनमत पार्टीले नेतृत्व सम्हाल्न आवश्यक भएको बताएका छन् । कमलले मतदाताहरुलाई यस पटक विवेक प्रयोग गरेर मतदान गर्नुपर्नेमा जोड दिएका हुन् ।
पूर्वाधार, शिक्षा, स्वास्थ्य, बाटोघाटो निर्माणका साथै महिला वालवालिका, जेष्ठ नागरिक र अपाङगता भएकाहरुको अधिकार संरक्षण गर्दै सशक्तिकरण गर्ने, सेवा प्रवाहलाई छिटो छरितो गर्ने लगाएका योजनाहरुलाई निर्वाचित भएपछि आफूले प्राथमिकता दिने कमलको भनाइ थियो ।
सम्मुनत समाज निर्माणका लागि जनमत पार्टीको पक्षमा मतदान गर्न उनले अपिल गरेका छन् । पाँच वर्षसम्म यसै क्षेत्रबाट प्रतिनिधिसभामा बसेका व्यक्तिले विकासको काममा अग्रसरता नदेखाएको र आफ्नो आसेपासेका साथै परिवारवादमा मात्रै लागेको आरोप लगाउँदै यस प्रवृतिको अन्त्यका लागि आफूलाई मतदान गर्न मतदातासँग आग्रह गरे ।
कमलले निर्वाचन प्रचारप्रसारको केही दिन मात्रै बाँकी रहेको समयमा घरदैलो अभियानलाई तीव्रता दिएका छन् । चुनावी प्रचारप्रसार तथा घरदैलो अन्तर्गत कमलले घरघर पुगेर मतदाताहरुसँग भेटघाट गरेका हुन् ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


