ललितपुरको नख्खुमा एक पुरुषको शव फेला

काठमाडौं, २८ कार्तिक । ललितपुर महानगरपालिकास्थित नख्खुमा एक पुरुषको शव भेटिएको छ ।
रामेछापको चनखु घर भएका ४० वर्षीय राजनकुमार बस्नेत मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी यज्ञविनोद पोखरेलले बताए ।
बस्नेत ललितपुर महानगरपालिका–१३ स्थित बागडोलमा बस्दै आएका थिए । नख्खुको वैष्णवदेवी मन्दिरमा मृत भेटिएका बस्नेतको टाउकोमा चोट लागेको छ । उनको हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


