सिरहाबाट ब्राउन सुगरसहित दुईजना पक्राउ

सिरहा, २८ कार्तिक । सिरहा प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको धनगढीमाई नगरपालिका–१३ का २२ वर्षीय बलराम यादव र १८ वर्षीय हरिनारायण यादव रहेका छन् ।
प्रहरीले धनगढीमाई–५ तेतिस बिघा सडकमा १० ग्राम ९२० मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित उनीहरूलाई पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा स ८ प २२९९ नम्बरको मोटरसाइकलमा दक्षिणबाट उत्तरतर्फ आइरहेका बेला उनीहरूको साथबाट २९ हजार नगदसहित ब्राउन सुगर जस्तो देखिने पदार्थसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवाश बुढाथोकीले जानकारी दिए ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


