सर्लाहीमा पोखरीमा डुबेर एक युवकको मृत्यु

सर्लाही, २८ कार्तिक । सर्लाहीको हरिवन नगरपालिका–९ स्थित मानव सेवा आश्रममा बस्ने युवकको पोखरीमा डुबेर मृत्यु भएको छ ।
विगत दुई महिनादेखि सो आश्रममा बस्दै आएका ३० वर्षीय केदार दर्लामीको पोखरीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
आइतबार साँझ आश्रम परिसरको पोखरीमा डुबेका दर्लामीको मानसिक अवस्था ठीक नभएको बताइएको छ ।
मृतक दर्लामीको शव पोस्टमार्टमका लागी प्रादेशिक अस्पताल मलंगवामा राखिएको र घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


