कैलाली, २८ कार्तिक । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय कार्यालय टीकापुरमा आइतबार राति ढुंगामुढा गर्दै तोडफोड गरिएको छ ।

पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीका अनुसार राती साढे १२ बजे अपरिचित समूहले ढुंगामुढा गरेको थियो ।

रन्जिताको बसाइँ पनि पार्टी कार्यालयमै थियो । ढुंगामुढा गर्ने समूह भित्र भने छिरेन । राती नै प्रहरी प्रशासनलाई खबर गरिए पनि प्रहरीको फोन नउठेको अध्यक्ष चौधरीको भनाइ छ ।