काठमाडौं, २८ कार्तिक । नेपाली कांग्रेसले मंसिर ४ को आमनिर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उम्मेदवारी दिएका थप नेताहरूलाई कारबाही गरेको छ ।

कांग्रेस केन्द्रीय अनुशासन समितिले चुनावी तालमेल गरेका क्षेत्रमा पनि बागी उम्मेदवारी दिएका, तिनका समर्थक र प्रस्तावमाथि कारबाही गरेको हो ।

महासमिति सदस्य हुम्लाका मंगलबहादुर शाही, बाराका धर्मेन्द्रप्रसाद यादव, बाराका रवीन्द्रप्रसाद यादव, बाराकै वीरेन्द्रप्रसाद यादव र राम एकवालप्रसाद यादव (शिल्पु) लाई पार्टीबाट हटाइएको अनुशासन समितिले जनाएको छ ।

कांग्रेसले यसअघि केन्द्रीय सदस्य दिनेश कोइरालासहित नेताहरूलाई निस्कासन गरेको थियो ।