काठमाडौं, २८ कार्तिक । राप्रपा नेपालका अध्यक्ष कमल थापाले गठबन्धनभन्दा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार देशको हितमा रहेको बताएका छन् ।

उनले ओलीलाई नाकाबन्दीको बेला डटेर लड्ने नेता भएको पनि उल्लेख गरेका छन् । विदेशीले कब्जा गरेको लिम्पियाधुरालाई समेटेर नेपालको नक्सा पनि ओलीले बनाएको थापाको दाबी छ ।

‘कसैलाई तितो लाग्ला तर भारतले नाकाबन्दी गर्दा त्यसको विरोधमा बोल्न डराउने नेताहरूभन्दा त्यसको विरुद्ध डटेर लड्ने, विदेशीले कब्जा गरेको लिम्पियाधुरा बिर्सने नेताहरूभन्दा चुच्चे नक्सा बनाउने केपी शर्मा ओली र विदेशीको प्रेरणामा बनेको गठबन्धनभन्दा ओली नेतृत्वको सरकार देशको हितमा हुन्छ,’ थापाले ट्विट गरेका छन् ।