मोरङमा एक युवकले गरे आफ्नै मामाको हत्या

मोरङ, २८ कार्तिक । मोरङमा एक युवकले आफ्नै मामाको हत्या गरेका छन् । प्रहरीका अनुसार जिल्लाको उर्लाबारी नगरपालिका–८ मा आइतबार राति २२ वर्षीय सुजन पाँचकोटीले धारिलो हतियारले टाउकोमा प्रहार गरी ४२ वर्षीय मामा काजी महराको हत्या गरेका हुन् ।
महराको घर मोरङको पथरिशनिश्चरे नगरपालिका–१ मा हो । निद्रामै रहेका बेला हतियार प्रहार हुँदा घाइते भएका महरालाई उपचारका लागि मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टर मङ्गलबारेमा लगिएको थियो ।
उपचारकै क्रममा आइतबार राति उनको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए । मामाको हत्यामा संलग्न सुजनलाई इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन थापा नेतृत्वको टोलीले पक्राउ गरेर घटनाको अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


