पर्सा, २७ कार्तिक । ‘हाम्रो नेपाली पार्टी’ले मधेस प्रदेशको मुख्यमन्त्रीको उम्मेदवारको रुपमा ओम प्रकाश सर्राफलाई प्रस्ताव गरेको छ ।

पर्सा १ (ख) प्रदेशसभा सदस्य पदमा उनी सोही पार्टीबाट चुनाव लडेका छन् ।

हाम्रो नेपाली पार्टीका अध्यक्ष अनन्त राज घिमिरेले जारी गरेको विज्ञप्तिमा मधेसमा लामो समय विभिन्न दल तथा नेताको नाममा मिठा मिठा सपना देखाउने काम मात्रै भएको उल्लेख गरिएको छ ।

सो पार्टीले यसअघि प्रधानमन्त्रीको उम्मेदवारको रुपमा डडेल्धुराबाट निर्वाचन लडेका सागर ढकाललाई प्रस्ताव गरेको जनाएको थियो ।