भक्तपुर, २७ कार्तिक। भक्तपुरमा कारले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

शनिबार साँझ बा ७ च ०८१५ नम्बरको कारले बागमती प्रदेश–०२–०२८ प ७३९२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

गम्भीर घाइते भएका मोटरसाइकल चालक सन्दीप बस्नेतको उपचारको क्रममा डा. ईवामुरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

कार चालक भक्तपुर नगरपालिका–४ पोटरस्क्वायरका २० वर्षीय आयुष कायस्थलाई प्रहरीले पक्राउ गरेको छ ।