धनुषा र बागलुङमा डुबेर दुई बालिकाको मृत्यु

जनकपुरधाम, २७ कार्तिक । धनुषा र बागलुङमा डुबेर दुई बालिकाको मृत्यु भएको छ ।
धनुषाको हंसपुर नगरपालिका–२ ठन्काहास्थित शिधबाबा इँटा उद्योगमा काम गर्ने सर्लाहीको बलरा नगरपालिका–४ घर भएका किसुन महतोकी २ वर्षीया छोरी पिंकी कुमारी महतोको इँटा भट्टा नजिकै खाल्डोमा डुबेर मृत्यु भएको हो ।
खेल्ने क्रममा उक्त खाल्डोमा डुबेर अशक्त भएकी उनको स्थानीय मेडिकल तारापट्टीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, बागलुङको तमानखोला गाउँपालिका–३ घर भई गल्कोट नगरपालिका–६ दरमखोलास्थित दरमखोला एग्रीकल्चर एण्ड रिभर साईडमा ज्याला गरी बस्ने सपना रोकाकी १८ महिने छोरी सोनिया रोकाको सोही ठाउँस्थित पोखरीमा डुबेर मृत्यु भएको छ ।
पोखरीमा डुबेर अशक्त भएकी उनको इमर्जेन्सी पोलिक्लिनिक हटिया वाग्लुङमा उपचारको क्रममा मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


