पर्सा, २७ कार्तिक । प्रहरीलाई अभद्र व्यवहार गरेको अरोपमा वीरगञ्जबाट एकजना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ७ बस्ने मनोज कुमार श्रीवास्तव रहेका छन् ।

वीरगञ्जको घण्टाघरमा क्रान्तिकारी युवा संगठनको नामबाट मधेसी दलका नेताहरुको विरोधमा नारा लेखिएको ब्यानर हटाउने क्रममा प्रहरीमाथि उनले अभद्र व्यवहार गरेको आरोप छ ।

उम्मेदवारलाई व्यक्तिगत लाञ्छना लगाएर टाँगिएको ब्यानर हटाउने क्रममा अभद्र व्यवहार गरेपछि उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए ।