सिरहाबाट प्रतिबन्धीत लागूऔषधसहित दुईजना पक्राउ

सिरहा, २७ कार्तिक । सिरहा प्रहरीले प्रतिबन्धीत लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ ।
जिल्लाको धनगढीमाई नगरपालिका–५ तेतिस बिघास्थित सडकबाट १० ग्राम ९२० मिलिग्राम ब्राउनसुगर र नगद २९ हजार रूपैयाँसहित सोही नगरपालिकाको वडा नं. १३ बस्ने १८ वर्षीय किशोर समेत दुईजनालाई प्रहरीले पक्राउ गरेको हो ।
इलाका प्रहरी कार्यालय लहानबाट खटिएको प्रहरी टोलीले स ८ प २२९९ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई चेकजाँच गर्ने क्रममा उक्त पदार्थ र नगद सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा थप अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


