आफ्नो गाउँ ठाउँको विकासका लागि एमालेको पक्षमा मतदान गर्न दीपेन्द्रको आग्रह

जनकपुरधाम, २६ कार्तिक । मंसिर ४ गते हुने निर्वाचनमा धनुषाको क्षेत्र नम्बर-३(ख) बाट प्रदेशसभा सदस्यको नेकपा एमालेका उम्मेदवार दीपेन्द्र ठाकुरले आफ्नो गाउँ ठाउँको विकासका लागि एमालेको पक्षमा मतदान गर्न मतदातासँग आग्रह गरेका छन् ।
ठाकुरले पाँचदलीय गठबन्धनका नेताहरू देश विकासका लागि नभई मेवा पाउनका लागि राजनीति गरिरहेको आरोप लगाउँदै विकासका लागि एमालेमा मतदान गर्न अपिल गरेका हुन् ।
विकास चाहने जनताले एमालेकै पक्षमा मतदान गर्ने मूड बनाइसकेको ठाकुरको दावी छ ।
‘नेपाली जनता भ्रष्टाचार र अन्यायबाट आजित भइसकेका छन्, अब भ्रष्टाचारबाट मुक्ति चाहन्छन्, ठाकुरले भने, ‘भ्रष्टाचार र अन्यायबाट मुक्ति चाहनु हुन्छ भने एमालेको पक्षमा मतदान गर्नुस ।’
उनले देश अहिले भ्रष्टाचारी र विकासप्रेमी गरी दुई कितामा बाँडिएको दावी गरे । एउटा कित्ता पाँचदलीय सत्ता गठबन्धन हो जहाँ भ्रष्टाचार र अन्याय मात्रै छ, अर्को एमाले नेतृत्व छ जुन देश विकासका लागि निरन्तर खटिरहेको छ, उनले भने ।
अब जनता विकास चाहिरहेका छन्, उनले भने, ‘जनताले भ्रष्टाचारीहरुलाई कदापी मत दिदैनन् ।’ एक मतले देशको भविष्य निर्माण गर्न सक्ने भएकाले सोच विचार गरेर मात्रै मतदान गर्न मतदाताहरूलाई उनले आग्रह गरे ।
उम्मेदवार ठाकुरले आफूले राजनीतिलाई पेशा नभई सेवाको रुपमा लिएको स्पष्ट पारे । उनले भने, ‘विकास चाहनेहरू राजनीतिलाई पेशाको रुपमा नभई सेवाको रुपमा लिन्छन् , मैले पनि राजनीतिलाई सेवाको रुपमै लिएको छु ।’
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


