जनमतको जित ईमान्दारिता र क्षेत्रवासी जनताको जित हो : किशोरी साह कमल

जनकपुरधाम, २६ कार्तिक । मंसिर ४ को निर्वाचनमा धनुषाको क्षेत्र नम्बर–१ बाट प्रतिनिधि सभाका उम्मेदवार किशोरी साह कमलले जनमतको जित ईमान्दारिता र क्षेत्रवासी जनताको जित हुने बताएका छन् ।
प्रदेश सभा सदस्यको रुपमा आफ्नो कार्यकालमा थुप्रै विकास निर्माणदेखि सामाजिक परिवर्तनका कामहरु गरेको दावी गर्दै एक पटक प्रतिनिधि सभामा अवसर दिनसमेत उनले अपिल गरेका हुन् ।
निर्वाचनको मिति नजिकिएसँगै कमलले भेटघाट तथा घरदैलोलाई तीव्र बनाएका छन् । उनले आफ्नो पक्षमा मतदान गर्नका लागि अपिल गर्दै मतदाताको घरघर पुगिरहेका छन् ।
कमलले आफूले विकास र परिवर्तनका लागि थुप्रै योजनाहरु बनाएर काम गर्ने सोच बनाएको जानकारी दिए ।
यसअघि एमालेमा छँदा आफूले यस क्षेत्रमा काम गरेकै कारण फेरी अवसर मागेको र त्यहाँ टिकट नदिएर आफ्नो राजनीतिक तथा सामाजिक लगानीको अपमान भएको गुनासो गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


