जनताले परिवर्तन खोजिरहेका छन : डा. प्रसन्न झा

जनकपुरधाम, २६ कार्तिक । मंसिर ४ गते हुने आम निर्वाचनमा धनुषाको निर्वाचन क्षेत्र नम्बर–३(क)बाट प्रदेशसभा सदस्य पदका उम्मेदवार डा. प्रसन्नकुमार झाले जनताले परिवर्तन खोजिरहेकाले आफू त्यो परिवर्तन बनेर जनतामाझ अगाडि आएको बताएका छन् ।
शनिबार विदेह नगरपालिकाको वडा नम्बर–९ मा घरदैलोका लागि पुगेका झाले मतदाताहरुमा आफूप्रतिको सदभाव बढिरहेको बताएका हुन् ।
जनताले आफूलाई अवसर दिने मूड बनाइसकेको झाले दावी गरेका छन् । जनतामाझ आफ्नो आवत जावत बढाएपछि आफूप्रति जनताको लगाव बढ्न लागेको उनले बताए ।

उनले यसअघि निर्वाचित प्रतिनिधिहरुले जनतासँग मत लिएर गएपनि जनताको काम नगरेको आरोप लगाउँदै आफूले त्यस्तो नगर्ने दावी गरे ।
प्रदेशसभा सदस्य पदका उम्मेदवार झाले परिवर्तनका लागि जनमतको पक्षमा मतदान गर्न अपिल गरे ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


