पुकार बमलाई ५ हजार जरिवाना

काठमाडौं, २६ कार्तिक । निर्वाचन आयोगले काठमाडौं क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुकार बमलाई जरिवाना गराएको छ । बमलाई आयोगले ५ हजार जरिवाना गराएको हो ।
निर्वाचन प्रचारप्रसारका क्रममा आफ्नो नाम अंकित टिसर्टको प्रयोग गरेपछि बमलाई आयोगले ५ हजार जरिवाना गराएको हो ।
राजनीतिक गतिविधि तथा प्रचारप्रसारमा संलग्न भएको पाइएपछि आयोगले व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रका अधिकृत गोकुल वस्ती तथा नेकपा एमालेको चुनाव प्रचारप्रसारमा लागेकाले अछामको साँफेबगरस्थित राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक तिलक कुँवरलाई पनि ५/५ हजार जरिवाना गरेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


