सत्तारुढ गठबन्धनका उम्मेदवारलाई जिताउन प्रचण्डको अपिल

काठमाडौं, २६ कार्तिक । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनका उम्मेदवारलाई अत्यधिक मतका साथ विजयी गराउन अपिल गरेका छन् ।
प्रतिगामी र अवसरवादी तत्वहरुले फेरि मुलुकमा राजनीतिक दुर्घटना निम्त्याउन नदिन पनि आममतदाताले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवारलाई विजयी गराउनुपर्ने उनको भनाइ थियो ।
शनिबार चितवनमा आयोजित सत्तारुढ गठबन्धनको चुनावी सभामा बोल्दै अध्यक्ष दाहालले फेरि प्रतिगमनले टाउको उठाउन नपाउने गरी नेपाली जनताले निर्वाचनमा एकता प्रदर्शन गर्नुपर्ने धारणासमेत राखे । निर्वाचनलाई अग्रगमन रोज्ने र कि प्रतिगमन रोज्ने जनमत संग्रहको रुपमा अथ्र्याउँदै उनले नेपाली जनताले अग्रगमनको पक्षमा मतदान गर्ने विश्वाससमेत व्यक्त गरे ।
सत्तारुढ गठबन्धनले चुनाव जिते मात्रै मुलुकमा विकास र समृद्धिको मार्ग खुल्ने जिकिर गर्दै अध्यक्ष दाहालले संविधानको रक्षा गर्न, लोकतन्त्र र लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सत्तारुढ दलहरुबीच गठबन्धन गर्नुपरेको पनि पटकपटक दोर्होयाए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


