काठमाडौं, २६ कार्तिक । प्रहरीले १४ वर्षीया बालिका बलात्कारको आरोपमा एक युवकलाई पक्राउ गरेको छ ।

बालिका बलत्कार अभियोगमा धादिङ सिद्धलेक–२ पात्ले घर भई हाल काठमाडौं–१५ भगवानपाउ बस्ने २० वर्षीय सुमन गिरीलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

गिरीले पीडित बालिकालाई ललाई फकाई काठमाडौं महानगरपालिका–१५ स्वयम्भू स्तुपा जंगलमा लगेर जबरजस्ती करणी गरेको प्रहरी वृत्त स्वयम्भूले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।