माओवादी र एमालेका दर्जनौं नेता कार्यकर्ता जनमतमा प्रवेश

जनकपुरधाम, २५ कार्तिक । नेकपा माओवादी केन्द्र र नेकपा एमालेका दर्जनौं नेता कार्यकर्ता जनमत पार्टीमा प्रवेश गरेका छन् ।
जनमत पार्टीबाट धनुषा क्षेत्र नं.१ को प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार किशोरी साह कमलले शुक्रबार उनीहरूलाई पार्टी प्रवेश गराएका हुन् ।
सबैला नगरपालिका वडा नम्बर-१० स्थित खरिहानी र गेरुवाहीमा घरदैलोको क्रममै उनीहरूले पार्टी प्रवेश गरेका छन् ।
नवप्रवेशीहरूले कमल अन्य उम्मेदवार भन्दा उत्तम, क्षमतावान र इमान्दार रहेकोले उनको पक्षमा जनमत बढाउन आफूहरूले जनमत पार्टीलाई रोजेको बताए ।
जनमतमा प्रवेश गर्नेहरूमा एमाले र माओवादीका नेता रामदयाल यादव, प्रमोद यादव, निरज यादव सुरेन्द्र राय, रामएकवाल यादव, मनोज पजियार, प्रमोद ठाकुर, सदाम मन्सुर सहित दर्जनौं जना रहेका छन् ।
नवप्रवेशीहरूलाई जनमत पार्टीकी केन्द्रिय सचिव अनिता साह र प्रतिनिधिसभा सदस्यका उम्मेदवार कमलले संयुक्त रुपमा फुलमाला लगाएर पार्टीमा स्वागत गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


