उत्पीडित जनताको हक अधिकार सुनिश्चितताका लागि सत्ता गठबन्धनको पक्षमा मतदान गर्न आग्रह

जनकपुरधाम, २५ कार्तिक । वाम-लोकतान्त्रिक गठबन्धनबाट धनुषा ३(ख)कोे प्रदेशसभा सदस्य पदका उम्मेदवार परमेश्वर साहले मधेस प्रदेशमा भ्रष्टाचारी सरकारका कारण जनताको भलो हुन नसकेको बताएका छन् ।
शुक्रबार धनुषा-३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अनिलकुमार झासँगै जनकपुरधाम-२० लोहनामा घरदैलोकालागि पुगेका साहले मधेस प्रदेश सरकार विगत पाँच वर्ष भ्रष्टाचारमै लिप्त रहेकाले जनताको भलो हुने काम हुन नसकेको बताएका हुन् ।
त्यस्तै, प्रतिनिधिसभाका उम्मेदवार झाले देशमा सम्पूर्ण उत्पीडित जनताको हक अधिकारको सुनिश्चितता तथा विकासका लागि सत्ता गठबन्धनको पक्षमा मतदान गर्न आग्रह गरे ।
उनले सत्ता गठबन्धनको नेतृत्वमा प्रदेश र संघमा सरकार बने जनतालाई अधिकार सम्पन्न बनाउने दिशामा काम हुने दावीसमेत गरे ।
लोहनाको घरदैलोमा मतदाताहरूले पनि उम्मेदवारद्वय झा र साहलाई भव्य स्वागत गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


