तमलोपाबाट प्रदेशसभा समानुपातिकको पहिलो नम्बरमा मण्डल

जनकपुरधाम, २५ कार्तिक । तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा)ले प्रदेशसभातर्फ समानुपातिक सूचीको पहिलो नम्बरमा पार्टीका केन्द्रीय सदस्य उमेश मण्डलको नाम राखेको छ ।
तमलोपाले मण्डल समुदायबाट प्रदेशसभातर्फ समानुपातिकमा उमेशको नाम एक नम्बरमा सिफारिश गरेको हो ।
तमलोपाको समानुपातिकको बन्दसूचीमा मधेशी पुरुषको पहिलो नम्बरमा उमेशको नाम समावेश भएको छ । मधेशी पुरुषको तेस्रो नम्बरमा मदन प्रसाद सिंहको नाम सिफारिश भएको छ भने मधेशी पुरुषतर्फ भगत मण्डल केवटको नाम पनि राखिएको छ ।
त्यस्तै, मधेशी महिलातर्फ बिमला साह, सुनिता कुमारी बर्मा, शान्ति सिंह, कुमारी सुधा कर्ण, नितु पाण्डेयको नाम समावेश गरिएको छ भने मुस्लिम महिलातर्फ रजिया बेगमको नाम राखिएको छ ।
यता मुस्लिम पुरुषतर्फ हजरत अली मियाँ, थारु महिलामा कोशिला चौधरी, आदिवासी जनजाती महिलातर्फ सरिता देवी मण्डल, दलित महिलातर्फ शैल देवी र रिंकुदेवी पासवान तथा खस आर्य महिलातर्फ रुकमाया भण्डारीको नाम तमलोपाले प्रदेशसभा सदस्य समानुपातिकका लागि सिफारिश गरेको हो ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


