रौतहटमा आगलागी हुँदा १० लाख बराबरको क्षति

रौतहट, २५ कार्तिक । रौतहटको पूर्वी भेग दुर्गाभगवती गाउँपालिकामा बिहीबार राति एक घरमा भएको आगलागीमा परेर एक दर्जन चौपाया जलेका छन् । आगलागीबाट लाखौँको क्षति भएको छ ।
दुर्गा भगवती गाउँपालिका–४ पचरुखीका लक्ष्मण महतोको घरमा राति ११ बजे आगलागी भएको थियो । आगलागीबाट गोठमा रहेको एउटा भैँसी, १० वटा खसी बाख्रा, केही काठ, धान, गहुँ, लत्ताकपडा जलेको तथा घरमा पनि पूर्ण रुपमा क्षति भएको पीडित परिवारले जनाएका छन् ।
लामखुट्टे धपाउन बालिएको धुपबाट सल्किएर भएको आगलागीबाट १० लाख बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


