नक्कली नेपाली रुपैयाँसहित ६ जना पक्राउ

रौतहट, २५ कार्तिक । रौतहट प्रहरीले नक्कली नेपाली रुपैयाँसहित ६ जनालाई पक्राउ गरेको छ ।
आरोपीहरुको साथबाट ८६ हजार नक्कली नेपाली रूपैयाँ बरामद गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।
बरामद नोट एक हजार दरका छन् । आरोपीहरु मौलापुर नगरपालिकाबाट पक्राउ परेका हुन् । प्रहरीले पक्राउ परेकाहरुको नाम अहिले सार्वजनिक गरेको छैन ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


