रौतहट, २५ कार्तिक । रौतहट प्रहरीले अलपत्र अवस्थामा रहेका ३८ जना भारतीय नागरिकको उद्धार गरेको छ ।

स्थानीय परोहा नगरपालिका–४ स्थित अमन ईंट्टा उद्योगमा कामदारको रूपमा आएर अलपत्र रहेका भारत उत्तर प्रदेशको अलियारपुर बस्ने २० पुरुष र १८ जना महिला तथा बालबालिकालाई इलाका प्रहरी कार्यालय राजपुरका प्रमुख सई अरुण सिंहको नेतृत्वमा गएको टोलिले उद्वार गरेको हो ।

भारतीयहरु अलपत्र अवस्थामा रहेको सूचनाको आधारमा गएको टोलीले उनीहरुको उद्धार गरी भारत बिहार राज्य जिल्ला सितामढी बैरगनियास्थित सीमा सुरक्षा बल एसएसबीको जिम्मा लगाएको रौतहट प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।