चितवन, २५ कार्तिक । लोकतान्त्रिक–वाम गठबन्धनले शनिबार चितवनमा चुनावी सभा आयोजना गर्न लागेको छ ।

सभालाई प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताले सम्बोधन गर्नेछन् ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले सम्बोधन गर्ने नेपाली कांग्रेस चितवनका सचिव ध्रुव पोखरेलले जानकारी दिए ।

यस्तै नेकपा एमालेले पनि चितवनमा चुनावी सभा गर्दैछ । एमालेको सभा कार्तिक २८ गते हुने भएको छ । सो सभालाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने छन् ।