चुनावी प्रचारप्रसारका क्रममा एमाले र गठबन्धनका कार्यकर्ताबीच झडप, चारजना घाइते

दार्चुला, २५ कार्तिक । दार्चुलामा चुनावी प्रचारप्रसारका क्रममा नेकपा एमाले र सत्तारुढ गठबन्धनका कार्यकर्ताबीच झडप भएको छ ।
जिल्लाको अपिहिमाल गाउँपालिका–५ ओखलमा चुनावी प्रचारप्रसारका क्रममा झडप हुँदा चारजना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय दार्चुलाका अनुसार गठबन्धनका कार्यकर्ताले एमालेका प्रदेशसभा क्षेत्र उम्मेदवार रामदत्त जोशीको टोलीलाई आफ्नो क्षेत्रमा प्रचारप्रसार गर्न अवरोध गरेपछि झडप भएको थियो ।
झडपमा परी गठबन्धनका कार्यकर्ता अपिहिमाल गाउँपालिका–६ का जहेन्द्र धामी, जगत धामी र एमालेका कार्यकर्ता मार्मा गाउँपालिका–३ का वीरेन्द्र विष्ट र शैल्यशिखर नगरपालिका–९ का सुरेश बादी घाइते भएका छन् ।
घाइतेको लटिनाथ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


