रौतहटमा बिहीबारदेखि मदिरा बिक्री वितरणमा प्रतिबन्ध

रौतहट, २४ कार्तिक । जिल्ला प्रशासन कार्यालय रौतहटले बिहीबारदेखि जिल्लाभर मदिरा बिक्री वितरणमा प्रतिबन्ध लगाएको छ ।
प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले एक सूचना जारी गर्दै बिहीबारदेखि लागू हुनेगरी जिल्ला भरिमा मदिरा बिक्री वितरण, सेवन तथा ओसारपसारमा रोक लगाएका हुन् ।
मंसिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनलाई स्वच्छ, निष्पक्ष, सुरक्षित तथा भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन सुरक्षा व्यवस्थापन निर्देशिका २०७८ को दफा ६ ‘थ’ बमोजिम तथा जिल्ला सुरक्षा समितिको बिहीबार बसेको निर्णय अनुसार आजैदेखि लागू हुने गरी निर्वाचनको अन्तिम परिणाम नआएसम्म जिल्लाभरिमा मदिरामा प्रतिबन्ध गरिएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकीय अधिकृत मणिभुषण साहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख रहेको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


