भ्रष्टाचारमा लिप्त जनप्रतिनिधिको विकल्पको रुपमा आफूलाई मतदान गर्न डा. झाको आग्रह

जनकपुरधाम, २४ कार्तिक । जनमत पार्टीबाट धनुषा ३(क)को प्रदेशसभा सदस्य पदका उम्मेदवार डा. प्रसन्नकुमार झाले भ्रष्टाचारमा लिप्त जनप्रतिनिधिको विकल्पको रुपमा आफूलाई मतदान गर्न आग्रह गरेका छन् ।
निर्वाचनको मिति नजिकिँदै जाँदा घरदैलो कार्यक्रमलाई तीव्र बनाएका झाले घरघर पुगेर जनतामाझ मत माग्ने क्रममा यस्तो आग्रह गरेका हुन् ।
चिकित्सकीय सेवामा रहेर काम गरिसकेका डा. झाले आफ्नो उम्मेदवारी सत्ता गठबन्धन र एमाले–जसपा गठबन्धनका उम्मेदवारका लागि चुनौती बनेको दावी गर्दै विकल्पको रुपमा आफूलाई मतदान गर्न मतदातासँग आग्रह गरेका छन् ।

जनताले परिवर्तन खोजेको हुँदा आफूले नै परिवर्तन ल्याउने उनको भनाइ छ । परिवर्तनका लागि सर्वप्रथम मत परिवर्तन गर्नुपर्ने हुँदा यसपाली आफूलाई मतदान गरेर जिताउन उनले अनुरोध गरेका छन् ।
बिहीबार धनौजीको विभिन्न गाउँमा घरदैलोका लागि पुगेका डा. झालाई मतदाताहरुले पनि स्वागत गरेका थिए ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


