झापा, २४ कार्तिक । जनता समाजवादी पार्टी नेपालका प्रदेश–१ अध्यक्ष प्रवीण चाम्लिङसहित २३३ जनाले पार्टी परित्याग गरेका छन् ।

झापाको दमकमा बिहीबार पत्रकार सम्मेलन गर्दै उनीहरूले पार्टी छाडेका हुन् ।

उनीहरुले दलहरूको सिद्धान्त र व्यवहार फरक भएको भन्दै जसपा छाडेको घोषणा गरेका छन् ।

पार्टी छाड्नेमा पार्टीको विभिन्न वर्गीय संगठनका केन्द्रीय नेतासहित प्रदेश, जिल्ला, क्षेत्र र नगरका नेताहरू रहेका छन् ।