अमेरिकाबाट पार्सलमा नेपाल पठाइएको १० किलो गाँजा बरामद

काठमाडौं, २४ कार्तिक । अमेरिकाबाट पार्सलमा नेपाल पठाइएको १० किलो ३ सय ग्राम गाँजा प्रहरीले काठमाडौंबाट बरामद गरेको छ । गाँजा रिसिभ गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सल्यान घर भएका ३४ वर्षीय बीर बहादुर बुढाथोकी र भारतिय नागरिक २५ वर्षीय राजा कुमार छन् ।
बच्चाहरुको सोफा र वाटर डिस्पेन्सरको पार्सलमा लुकाएर पठाएको गाँजा बरामद गरिएको लागुऔषध नियन्त्रण ब्युरोका एसपी योगेन्द्र कुमार खड्काले जानकारी दिए ।
सो गाँजा नक्सालस्थित सांग्रिला टुर्स प्रालिको कार्यालयबाट बरामद गरिएको ब्युरोका एसएसपी विकासराज खनालले जानकारी दिए ।
प्रहरीको अनुसन्धानमा विमानस्थलबाट सो गाँजा भारतीय नागरिकले भारत लैजान लागेको देखिएको छ ।
तपाईको प्रतिक्रिया !
सम्बन्धित खबर


